केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रेस स्वतन्त्रतामा कसैसँग सम्झौता हुँदैन : सभापति आचार्य

सहयात्रा टिभी

विराटनगर । कात्तिक–२८, नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताएका छन् । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कुनै पनि हुने निर्णय वा तर्जुमा गरिने कानून स्वीकार्य नहुने बताए ।

उनले आम सञ्चारसम्बन्धी कानून बनिरहेको जानकारी दिँदै सञ्चारसम्बन्धी संरचना कस्तो बनाउने भन्ने विषयमा विराटनगरमा छिटै सम्मेलन गर्न लागिएको पनि बताए ।

सभापति आचार्यले मुलुकी संहिताले स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउन खोजेकामा यसलाई समाधान गर्न बनेको कार्यदलबाट सकारात्मक कार्य हुनेमा जोड दिए । उनले निरन्तर सङ्घर्ष र वकालत गर्ने नेपाल पत्रकार महासङ्घले राष्ट्र र जनताका हितका निम्ति नियमित आवाज उठाइरहेको स्पष्ट पारे । रासस

प्रकाशित : 14 November, 2018

प्रतिक्रिया दिनुहोस्