केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डीएनए परीक्षणका लागि मृत चितुवाको स्याम्पल काठमाण्डौ पठाइयो

सहयात्रा टिभी

अर्घाखाँची । कात्तिक–२८, अर्घाखाँचीको ढिकुरा पियाले खोलामा थापेको पासोमा परेर मरेको नरभक्षी चितुवाको डीएनए परीक्षणका लागि स्याम्पल काठमाण्डौं पठाइएको छ। मृत चितुवा नरभक्षी हो होइन भनि पत्ता लगाउन चितुवाको ब्लड, र्‍याल,जंगलमा बच्चा भेटिएको स्थानका विभिन्न स्याम्पल चेकजाँचका लागि काठमाण्डौं पठाइएको हो ।

नरभक्षी चितुवाले पछिल्लो पाँच वर्षमा अर्घाखाँचीमा दुई दर्जन बालबालिका आक्रमण गरेको छ। जस्का कारण १४ जनाको ज्यान गएको र १० जना घाइते भइ उपचार पछि निको भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।

गत शनिबार साँझ नरभक्षी चितुवाको आक्रमणबाट ढिकुराको पियालेमा ४ वर्षीय बालकको ज्यान गएपछि नरभक्षी चितुवा मार्न प्रहरी परिचालन गरिएको थियो। स्थानीयले चितुवा पासोमा पार्न बाघ खोर (पासो) थापेका थिए। त्यही पासोमा चितुवा परेको हो।

नरभक्षी चितुवाको आक्रमणले आतंकित बनेका अर्घाखाँचीका स्थानीय चितुवा मरेपछि खुसी भएका छन्। चितुवा पासोमा परेपछि ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोटलगायतका स्थानीय खुसी भएका छन्।

 

प्रकाशित : 14 November, 2018

प्रतिक्रिया दिनुहोस्