केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२९,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेहनेतले प्रतिष्ठा बढ्नेछ । प्रिय व्यक्तिको साथले दिन शुभ रहनेछ । मान्यजनको सल्लाहसुझावलाई ध्यान दिएर काम गर्नुहोला । चिताएको काम पुरा हुनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोचेको काम पुरा हुनेछ । निकै मेहनेत पछि लक्ष्यमा पुग्न सफल भइनेछ । समस्याहरु देखापरे पनि साथ दिनेहरुको सहयोगबाट समस्या समाधान हुनेछ । मित्रताको गाँठो कसिलो बन्दै जानेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । प्रतिष्ठित व्यक्तिहरुबाट आफ्नो प्रशंसा सुन्न पाइएला । अध्ययनमा मन जानेछ । धार्मिक यात्राको अवसर प्राप्त होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको सम्बन्ध कसिलो हुनेछ । काम बिग्रने डरले सताउनेछ । खर्चमा वृद्धि हुनेछ । रमाइलो यात्राका विचमा घनिष्ठ मित्रहरुसँगको भेटघाटले मन हर्षित हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रिय व्यक्तिसँग भेट हुनेछ । व्यापार व्यवसायबाट आम्दानि हुनेछ । नयाँ साथि भेटिनुको साथै साथीभाइबाट सहयोग मिल्नेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यात्राको अवसर प्राप्त भएपनि खर्चमा भने वृद्धि हुन सक्छ । पारिवारिक असमझदारीले मनमा खिन्नता उत्पन्न हुन सक्छ । हिम्मत जुटाउनाले काममा सफल भइनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक समस्याले सताउन सक्छ। केही काम रोकिए पनि व्यापार र उद्योगमा फाइदा हुनेछ। सानो गल्तिले काममा समस्या उत्पन्न हुन सक्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तको सहयोगले फाइदा दिलाउनेछ। साथीभाई टाढिन सक्छन् । बोली व्यवहारमा ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या देखिने हुँदा खानपानमा समेत ध्यान दिनुपर्ला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको सहयोग जुट्नाले चिताएको काम सम्पादन हुनेछ। अध्ययनमा खास्सै मन जाने देखिन्दैन । सन्तानबाट खुसीको खबर सुन्न पाइनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
समय अनुकुल रहनेछ । चिताएको काम बन्नेछ । अध्ययनमा मन जानेछ । प्रेम प्रस्ताव आउन सक्छ । मित्रता र प्रेमसम्बन्ध कसिलो बन्दै जानेछ । परिवारबाट साथ र सहयोग मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
परिस्थिति अनुकुल हुनुको साथै साथ दिनेहरु प्रसस्त भेटिनेछन् । मिष्ठान्न भोजनको योग छ । काममा केहि बाधा देखिएपनि मेहनेतले काम सफल बनाउन सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
खर्चमा वृद्धि हुनेछ । टाढाको यात्रा गर्ने अवसर पाइएला । काममा भने केहि बाधा देखिएको छ । निर्णय लिँदा निकै सोचविचार पु¥याउनु होला ।

प्रकाशित : 15 November, 2018

प्रतिक्रिया दिनुहोस्