केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सडक दुर्घटनामा नेतृ शाहीको मृत्यु

सहयात्रा टिभी

बाँके । कात्तिक–२९, बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीकी केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ ।

कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८ बजे कोहलपुरको विद्युत्रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उनी घाइते भएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

भे१च १६७२ नंको निजी मालवाहक भ्यानले शाही सवार भे२प ३०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते भएको प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 15 November, 2018

प्रतिक्रिया दिनुहोस्