केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दाल भात तरकारी’का लागि निरुता नेपाल आइन्

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२९, कुनै समयकी चर्चित नायिका निरुता सिंह नेपाल फर्किएकी छन् । भारतको मुम्बई स्थायी घर भएकी नायिका निरुता ‘दाल भात तरकारी’ नामक चलचित्रका लागी बुधबार राति नेपाल झरेकी हुन् ।

निरुता किरण केसीले निर्माण गर्न लागेको चलचित्र ‘दाल भात तरकारी’को छायांकनका लागि नेपाल आएकी हुन् ।

निरुता नेपाल आइपुग्दा उनलाई स्वागत गर्न चलचित्र निर्माता तथा हास्य कलाकार किरण केसी र उनका छोरा सुदन विमानस्थल पुगेका थिए ।

‘दाल भात तरकारी’मा नायिका सिंह हरिवंश आचार्यको जोडीको रुपमा देखिने निर्माता केसीले बताए । चलचित्र छायांकनका लागि निरुता २ महिनासम्म नेपालमा बस्नेछिन् । त्यसपछि निरुताको मुम्बई जाने आउने क्रम जारी रहनेछ । ‘दाल भात तरकारी’को प्रचारप्रसार र प्रदर्शनक्रममा समेत नेपालमै रहने निरुता बताउँछिन् ।

प्रकाशित : 15 November, 2018

प्रतिक्रिया दिनुहोस्