केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दिउसो नाइटी लगाउने महिलालाई ३२ सय जरिवाना

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२९, भारतको आन्ध्र प्रदेशस्थित गोदावरी जिल्लाको तोकालापल्ली गाउँमा महिलालाई दिउसो नाइटी लगाएमा जरिवाना लाग्ने व्यवस्था छ । महिलाले राति लगाउने पोसाक दिउसो लगाएमा उक्त महिलालाई २ हजार भारु जरिवाना गर्ने निर्णय गाउ पञ्चालयतले गरेको हो ।

महिलाहरुले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म नाइटी लगाउन पाउने छैनन् । यदि त्यस्तो लगाएको देखिएमा २ हजार भारु जरिवाना हुनेछ ।

त्यस्तै नियम उल्लंघन गर्ने महिलाका बारेमा जानकारी दिने व्यक्तिलाई पुरस्कार स्वरुप एक हजार भारु दिइनेछ ।

नियम उल्लंघन गर्ने महिलालाई सामाजिक बहिष्कारको धम्की पनि गाउँ पञ्चायतले दिएको छ । साथै यस बारेमा सरकारी अधिकारीहरुलाई उजुरी नगर्न पनि महिलाहरुलाई धम्क्ी दिइएको छ ।
नाइटि लगाएर गाउँमा यताउता हिँडडुल गर्नु सहि नभएकाले महिलाहरुकै माग अनुसार गाउँमा सो निर्णय गरिएको बताइएको छ ।

प्रकाशित : 15 November, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्