केपी ओली प्रचण्ड माधव नेपाल एमाले


५५ वर्षकी सानुमाया कक्षा ३ मा, सानो छदाँ पुरा नभएको पढ्ने सपना अब साकार बनाउँदै

सहयात्रा टिभी

तेह्रथुम । कात्तिक–२९, तेह्रथुमको आठराई गाउँपालिका–१ साविक सक्रान्ती–९ पुरानागाउँ निवासी सानुमाया नेपाली हाल कक्षा ३ मा पढ्छिन् । घर नजिकैको पुराना गाउँ आधारभूत विद्यालयमा कक्षा एकबाट नै नियमित अध्ययन गर्दै आएकी सानुमाया हाल कक्षा ३ मा पुगेकी हुन् ।

सानो छँदाबाट नै पढ्ने रहर बोकेकी सानुमायालाई बाबुआमाले पढ्न पठाएनन् । हाल फुर्सद भएको र श्रीमानबाट पनि साथ पाएकोले पढ्न थालेको सानुमाया बताउँछिन् । उनी ४ छोराकी आमा र दुई नातीकी हजुरआमा हुन् ।

२०७२ सालमा कक्षा १ मा भर्ना हुन आएकी उनी तेस्रो कक्षासम्म आइपुग्दा कक्षाको सबैभन्दा उत्कृष्ट र नियमित विद्यार्थी भएकी छन्। पढाइप्रति उनीसँग सानो उमेरका अन्य विद्यार्थीभन्दा बढी उत्साह छ। जोश र जाँगर पनि उत्तिकै देखिन्छ । हरेक वर्षको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने नेपालीले विद्यालयबाट धेरै पटक पुरस्कार पाएकी छन्।

उनको मेहनेत र जोसजाँगर देखेर शिक्षकशिक्षिका लगायत गाउँलेहरुसमेत दंग पर्छन् ।

प्रकाशित : 15 November, 2018

प्रतिक्रिया दिनुहोस्