केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीमती र छोराछोरीको हत्या गर्नेलाई घातक सुई लगाएर मृत्युदण्ड

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–२९, संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमती र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको जनाएका छन् । उनलाई सन् १९९३ मा सात र तीन वर्षका बच्चा सहित पत्नीको हत्या आरोपमा मृत्युदण्डको सजाय दिइएको हो ।

रामोसले तीनै जनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए । त्यसको तीन दिनपछि उनले अर्कै केटीसँग आफू अविवाहित भनी झुक्याएर विवाह गरेका थिए । मृतकको शव दुई महिनापछि फेला परेको थियो ।

विगत २५ वर्षसम्म वकिलहरुले रामोसलाई दिइएको मृत्युदण्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल भएका थिएनन् । मृत्युदण्ड सूचना केन्द्रका अनुसार सर्वोच्च अदालतको सन् २००८ को एक आदेशपछि टेक्सासमा मात्र पाँच जना मेक्सिकालीलाई मृत्युदण्ड दिइएको छ ।

संयुक्तराज्य अमेरिकामा यस वर्षमात्र २० जनालाई मृत्युदण्ड दिइसकिएको छ, र त्यसमध्ये टेक्सास राज्यमा १० जनाले यस्तो सजाय पाएका छन् ।

प्रकाशित : 15 November, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्