केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–३०,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। मिहिनेतले दाम र इनाम दिलाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिबन्धले केही झमेला निम्त्याउन सक्छ। मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। पुराना साथीभाइसँग भेटघाट हुन सक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह्र्र)
व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। प्रेमको बन्धन कसिनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ । नयाँ काम प्रारम्भ गर्न सकिनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खानपानको अनिमियतताले स्वास्थ्य कमजोर रहला। व्यापारमा फाइदा हुनुका साथै मनग्गे धनलाभ हुनेछ। प्रेमको बन्धन पनि कसिनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा ध्यान केन्द्रित हुनेछ । शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। यात्राको अवसर प्राप्त भए पनि खर्च बढ्न सक्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक समस्याले सताउन सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। शुभचिन्तकहरू टाढा हुनाले दुख पाइनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तको सहयोगले फाइदा दिलाउनेछ। साथीभाइ टाढिन सक्छन्। पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। प्रभावशाली व्यक्तिलाई समेत प्रतिस्पर्धामा हराउन सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धेरैको भलाइ हुने काम गर्न सकिनेछ। कलामा निखारता आउनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुट्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
फजुल खर्चका बीच कामको बोझ बढ्न सक्छ। मिहिनेतले विभिन्न अवसर दिलाउनेछ।  प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
लाभांशको आधा हिस्सा खर्च हुन सक्छ। चिताएको काम रोकिने सम्भावना छ। अध्ययनमा मन नजाला ।

प्रकाशित : 16 November, 2018

प्रतिक्रिया दिनुहोस्