मैत्रीपूर्ण खेलमा जर्मनीद्वारा रसिया पराजित

एजेन्सी । कात्तिक–३०, अन्तर्राष्ट्रिय मैत्रपूर्ण खेलमा जर्मनीले रसियालाई पराजित गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रसियामाथि जर्मनीले सहज जित निकालेको हो ।
जर्मनीको जितमा लेरोय साने, निकलस सुले र सर्जे गन्याब्रीले गोल गरे । जर्मनीले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको आठौं मिनेटमा खनै सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।
खेलको २५औं मिनेटमा सुलेले गोल गरेपछि जर्मनीले दोब्बर अग्रता बनाएको थियो । खेलको ४०औं मिनेटमा गन्याब्रीले गोल गरेपछि जर्मनीले पहिलो हाफसम्म ३–० गोलको अग्रता बनाएको थियो ।