केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सोमबार मन परेकी युवतीलाई पानीले भिजाउन पाउने

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–३०, मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ । उक्त दिन युवकहरु आफ्नो मनपर्ने युवतीलाई पानी छ्यापेर मज्जाले भिजाउन पाउँछन् ।

ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाइन्छ । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् । यसरी एक अर्कामा पानी छेप्नाले पाप पखालिने विश्वास छ । तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ ।

परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पापहरु मेटिन्छन् भन्ने विश्वास छ ।

तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् ।
सोमबारको दिन केटाहरुले केटिलाई पानीले भिजाउँछन् भने मंगलबारको दिन केटीले केटाहरुलाई सोहि अनुरुप पानीले भिजाएर उक्त रमाइलो पर्व मनाउँने चलन छ ।

प्रकाशित : 16 November, 2018

प्रतिक्रिया दिनुहोस्