केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
फजुल खर्च बढ्नेछ भने मनको डरले सताउन सक्छ। पहिलेको मेहनेतबाट शिक्षा क्षेत्रमा राम्रो उपलब्धि हात पर्नेछ । सोचेको काममा केहि बाधा देखिएपनि सफल भने भइनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। शिर्जनात्मक काममा मन जानेछ । सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ । धार्मिक यात्रा गर्न पाइने अवसर छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। काममा बाधा देखिएपनि साथ दिनेहरु भेटिनाले समस्या हुने छैन् । अध्ययनमा मन जानेछ । सन्तानबाट सुख मिल्नेछ । मिष्ठान्न भोजनको योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वादविवादले समस्या निम्त्याउन सक्छ। प्रेम सम्बन्ध कसिलो हुनेछ । प्रिय व्यक्तिको साथ र सहयोगले समस्याहरु सुल्झाउन सकिनेछ । साथीभाईहरुसँग भेटघाट हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ने देखिन्छ। मौकाको फाइदा उठाउनेहरु प्रशस्त देखिने हुँदा, सतर्क रहनु होला । आफ्नो महत्वपूर्ण योजनाहरुलाई गोप्य राख्दा राम्रो हुनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधिकार र प्रतिष्ठाका लागि बौद्धिक काम गर्नुपर्ला। निकै मेहनेतका बाबजुत मात्र काम सफल हुनेछ । परिवारको साथ मिल्नेछ । दाजुभाईविचको सम्बन्ध कसिँदै जानेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगनशीलताले लक्ष्यमा अवश्यै पुर्याउनेछ। अध्ययनमा खास्सै समय दिन नसकिएला । टाढाका आफन्तहरुसँग भेटघाट हुनेछ । रमाइलो यात्राको अवसर प्राप्त हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न समस्याहरु देखा पर्न सक्छन् । वादविवादको झमेलामा परिएला । बोलि बचनमा धेरै ध्यान दिनु पर्ने देखिन्छ । काम दोहो¥याएर गर्नु पर्नेछ । सन्तानको प्रगतिमा खुसी हुने मौका छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चल–अचल धन हातलागी हुनेछ। प्रिय व्यक्तिसँग भेट हुनेछ । परिवारको साथ पाइनाले व्यापार व्यवसायमा फाइदा हुनेछ । मिष्ठान्न भोजनको योग छ । निर्णय गर्दा सोचविचार पु¥याउनुहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। समस्या देखिएपनि शुभचिन्तकहरुको साथले सजिलै सुल्झाउन सकिनेछ । स्वास्थयमा केहि समस्या देखिएकाले खानपानमा ध्यान दिनुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तबाट टाढिनुपर्ने स्थिति देखिन्छ। काम समयमा नबन्दा केही अवसर गुम्न सक्छन्। दायित्व पनि बढ्न सक्छ।

प्रकाशित : 17 November, 2018

प्रतिक्रिया दिनुहोस्