नेशन्स लिग : इटलीसँग बराबरी खेल्दै पोर्चुगल सेमिफाइनलमा

सहयात्रा टिभी

एजेन्सी । मंसिर–२, पोचर्गुल युइएफए नेशन्स कपमा लिग ए अन्तर्गत समूह सी को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। शनिबार राति समूह ए को थ्रीमा भएको खेलमा इटालीसँग पोर्चुगलले गोलरहित बराबरी खेलेसँगै सेमिफाइनल यात्रा तय गरेको हो ।

बराबरीपछि पोर्चुगलले तीन खेलबाट ७ अंक जोडेको छ। समूहको चारै खेल खेलिसकेको इटली ५ अंकसहित दोस्रो स्थानमा छ। पोल्याण्डको तीन खेलबाट एक अंक मात्र छ। अब अन्तिम खेलमा पोर्चुगलले पोल्याण्डसँग खेल्नेछ।

प्रकाशित : 18 November, 2018

प्रतिक्रिया दिनुहोस्