केपी ओली प्रचण्ड माधव नेपाल एमाले


९६ वर्षकी सासुले परीक्षामा ज्वाइँलाई उछिनेपछि

सहयात्रा टिभी

एजेन्सी । मंसिर–२, भारतमा एक ९६ वर्षीया हजुरआमा पढाइलेखाइमा निकै अब्बल भएकी छन् । भारतको केरला सरकारद्वारा सञ्चालित प्रौढ साक्षरता कक्षा अन्तर्गत भएको परीक्षामा कार्तियानी अम्मा नामकी ती वृद्धा ९८ प्रतिशत अंक प्राप्त गरी प्रथम भइन् ।

परीक्षामा अब्बल दरिएपछि हौसिएकी कार्तियानीले भनेकी छिन्, ‘अब मेरो पढाइ रोकिनेवाला छैन । छिट्टै म चौथो कक्षाको पढाइ पूरा गर्नेछु । फेरि आठौं र दशौं । सय वर्षकी हुँदा दश कक्षा पास गर्नेछु । त्यसपछि मैले सरकारी जागिर पाउनेछु भन्ने आशा छ ।’

कार्तियानीसँगै उनका ज्वाइँले पनि तेश्रो कक्षाको परीक्षा दिएका थिए । तर ती ज्वाइँले आफ्नी सासुले भन्दा १० नम्बर कम पाए । ९६ वर्षकी हजुरआमालाई केरलाका मुख्यमन्त्रीले प्रमाणपत्र प्रदान गरे । उक्त परीक्षामा करीब ४३ हजार परीक्षार्थी सहभागी थिए । कार्तियानी सबैभन्दा जेठी परीक्षाथी हुन् ।

प्रकाशित : 18 November, 2018

प्रतिक्रिया दिनुहोस्