जन्ती बनेर जनकपुरधाम आउँदै उत्तर प्रदेशका मुख्यमन्त्री योगी

काठमाण्डौं । मंसिर–२, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा अयोध्याबाट आउने जन्तीको प्रतिनिधित्व गर्दै जनकपुरधाम आउने भएका छन ।
विशुद्ध धार्मिक भ्रमणका लागि विवाहपञ्चमी मेलामा सहभागी हुन मंसिर २६ गते आउने उनको भ्रमण तालिका तय गरिएको छ ।
प्राप्त जानकारीअनुसार, मंसिर २६ गते एटिआर विमानमार्फत जनकपुरधाम विमानस्थलमा अवतरण गर्ने तय गरिएको छ ।
विमान अवतरणपश्चात मुख्यमन्त्री योगी जानकी मन्दिर प्रस्थान गर्ने र त्यसपछि केही समयका लागि जनकपुरधामको रंगभूमि मैदानमा आयोजना गरिएको विवाह महोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकारी दिए ।
हिन्दु धर्मगुरुका सँगै उत्तर प्रदेशका मुख्यमन्त्री समेत रहेका योगी आदित्यनाथ भारतका चर्चित शक्तिशाली तथा प्रभावशाली नेतामा पर्छन् ।