युवतीमाथि बलत्कारको माग, विरोध गर्दा सांसद कुटिए

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२, गाँउमा पञ्चायत बसेकै ठाउँमा एक युवतीमाथि सार्वजनिक रुपमा बलात्कार गर्नु पर्ने माग गरिएको छ । यस्तो अत्याचारपूर्ण कुराको मागको विरोध गर्दा पञ्चायतमा बसेका सांसद रामप्रित पासवानमाथि कुटपिट समेत भएको छ ।

सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरकी रामप्रसाद रायकी छोरी पुनितकुमारी गत कात्तिक २८ गते घरबाट भागेकी थिइन् । स्कुलमा सँगै पढेको र उनीहरुविच राम्रो सम्वन्ध भएकाले गाउँको सन्तोष नाम गरेको युवामाथि स्थानियले शंका गरेपछि पञ्चायती बसेको थियो । स्थानीय दलित समुदायको आग्रहमा सांसद पासवान पनि पञ्चायतीमा गएका थिए। उनका अनुसार सन्तोषले पुनितलाई भगाएको कुरा अस्विकार गरिरहेका थिए भने पञ्चायतमा सन्तोषले नै पुनितलाई भगाएको भन्ने कुराको कुनै प्रमाण देखिएको थिएन् ।

पञ्चायतीले ‘यदि केटी भगाएको रहेछ वा कहाँ छ भन्ने थाहा भए दुई दिनभित्र उपस्थित गराउनुपर्ने’ निर्णय सुनायो । तर, केटी पक्षका फेकन रायले सो निर्णय नमान्ने बताए । उनले यदि दुई दिनभित्र पुनितलाई उपस्थित नगराए सन्तोषकी अविवाहित बहिनीलाई सार्वजनिक रुपमा बलात्कार गर्नुपर्ने माग राखे ।

यस्तो अपराधिक कुरा नगरौं भनि सांसद पासवानले तत्काल उक्त मागको विरोध गरेका थिए । उनले सो कुराको विरोध गर्दा पञ्चायतमै उनलाई गालिगलौज गर्दै कुटपिट गरिएको पासवानको गुनासो छ ।
आफूमाथिको कुटपिटभन्दा पनि सार्वजनिक रुपमा बलात्कार गर्नुपर्ने माग डरलाग्दो भएको भन्दै उनले महिला अधिकारकर्मीहरुले आवाज उठाउनुपर्ने बताएका छन् ।

प्रकाशित : 18 November, 2018

प्रतिक्रिया दिनुहोस्