केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टेलिभिजनमा लाइभ दोहोरी कार्यक्रम लिएर आए बद्री पंगेनी

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२, लोक तथा दोहोरी गायक बद्री पंगेनीले लाइभ दोहोरीको कार्यक्रम लिएर टेलिभिजनमा आएका छन् । पंगेनीको कार्यक्रम एनटिभी प्लसबाट प्रत्येक सोमबार साँझ ७ः२० बाट प्रसारण हुनेछ ।

कार्यक्रमको पाँचभाग शुक्रबार राजधानीको राष्ट्रिय नाचघरमा छायांकन गरिएको छ । अबको कार्यक्रमहरु पनि राष्ट्रिय नाचघरमै छायांकन गर्ने बारेमा पनि नेपाल टेलिभिजन र सांस्कृतिक संस्थानका पदाधिकारी बिच सम्झौता भएको छ ।

१५ वर्षअघि नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा टेलिभिजनमा ‘लोक दोहोरी’को कार्यक्रम निकै लोकप्रिय थियो । त्यो समयमा लोक तथा दोहोरी गायक रामप्रसाद खनालले सञ्चालन गरेको ‘लोक दोहोरी’ नामक टेलिभिजन कार्यक्रमलाइ दर्शकले एकदमै रूचाएका थिए । दर्शकले रूचार्इरहेको कार्यक्रम एक्कासी बन्द हुँदा दर्शकहरूले खल्लो मानेका थिए ।

अब भने टेलिभिजनमा आएको दोहोरी कार्यक्रमले पुन दर्शकहरुमा हर्ष छाउने विश्वास गरिएको छ ।

प्रकाशित : 18 November, 2018

प्रतिक्रिया दिनुहोस्