विश्व नम्वर एक नोभाक जोचिभलाई हराउँदै जेभेरेभले जिते एटिपी टुर फाइनल्सको उपाधि

एजेन्सी । मंसिर–३, जर्मनीका एलेक्जेन्डर जेभेरेऐले सिजन इन्डिङ टेनिस प्रतियोगिता एटिपी टुर फाइन्लस २०१८ को उपाधि जितेका छन्। विश्व नम्बर एक सर्वियन जोकोभिचलाई सोझो सेटमा हराउँदै २१ वर्षी जेभेरेभले पहिलो पटक एटीपी फाइनल्सको उपाधि हात पारेका हुन् ।
लण्डनको ओ टु एरेनामा भएको फाइनलमा जेभेरेभले ३१ वर्षीय जोकोभिचलाई ६-४, ६-३ ले पराजित गरे। पहिलो सेटमा जेभेरेभले जोकोभिचविरुद्ध ५-४ को अग्रता बनाउँदै आफ्नो पक्षमा पारे।
दोस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै जेभेरेभले सम्झनलायक जित हात पारे।