डाक्टर गोविन्द केसी अस्वस्थ, अस्पताल भर्ना
सहयात्रा टिभी
काठमाण्डौं । मंसिर–३, प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या आएको छ । अत्यधिक छाती दुखेपछि सोमबार बिहान ४ बजे उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको हो ।
डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहका अनुसार केसीको उपचार जारी छ । मनमोहन सेन्टरका डाक्टर अरुण सायमीले डाक्टर केसीको स्वास्थ्य जाँच गरिरहेको बताए । ‘बिहानै अत्यधिक छाती दुखेर उहाँलाई इमर्जेन्सीमा भर्ना गरेका थियौँ,’ उनले भने, ‘अहिले स्वास्थ्य जाचपछि सिसियूमा सार्ने तयारी गरेका छौँ ।’