इन्सेकको अध्यक्षमा डा. इन्दिरा श्रेष्ठ चयन

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–४, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिको अध्यक्षमा डा. इन्दिरा श्रेष्ठ चयन भएकी छन् ।

यसअघि कार्यसमिति सदस्य रहेकी श्रेष्ठलाई हालै बसेको कार्यसमिति बैठकले अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ ।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि उनले सो पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक श्रेष्ठले काठमाण्डौं महानगरपालिकाका महिला उद्यमीको आर्थिक तथा सामाजिक अवस्थाका विषयमा त्रिविबाट विद्यावारीधि उपाधि प्राप्त गरेकी छन् ।

समाजसेवा तथा शिक्षा क्षेत्रका विभिन्न सामाजिक संस्थामा आबद्ध रही ग्रामीण तहका जनताको जीवनस्तर सुधार्न उनले योगदान गरेकी छन् । रासस

प्रकाशित : 20 November, 2018

प्रतिक्रिया दिनुहोस्