नेसन्स लिग फुटबल : जर्मनीसँग बराबरी खेलेको नेदरल्यान्ड्स सेमिफाइनलमा

सहयात्रा टिभी

एजेन्सी । मंसिर–४, युईएफए नेसन्स लिग फुटबलमा नेदरल्याण्ड्स सेमिफाइनलमा पुगेको छ । मंगलबार विहान भएको खेलमा जर्मनीलाई नेदरल्यान्ड्सले २–२ गोलको बराबरीमा रोक्न सफल भयो ।

जर्मनीका लागि टिमो वार्नरले खेलको नवौ मिनेटमा नै गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १९औं मिनेटमा लिरो सानेले गोल गर्दै जर्मनीलाई दोब्बर अग्रतामा पुर्‍याएका थिए ।

खेलको ८५औं मिनेटमा क्विन्सी प्रोमिसले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ गोलको स्थितिमा पुर्‍याएका थिए । त्यस्तै खेलको अतिरिक्त समयमा भर्जिल भान डिजिकले गोल गरेपछि जर्मनीसँग नेदरल्यान्ड्सले २–२ गोलको बराबरी खेलको हो ।

समूह ए को वानमा रहेको नेदरल्यान्ड्सले दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै सात अंक बनाएर शीर्ष स्थानमा रहंदै सेमिफाइनलमा पुगेको हो ।

प्रकाशित : 20 November, 2018

प्रतिक्रिया दिनुहोस्