८० हजार घुससहित जिल्ला न्यायधिवक्ता पक्राउ

सहयात्रा टिभी

बुटवल । मंसिर–४, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग ८० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो ।

मुद्धा मिलाइदिने भन्दै घुस लिँदै गर्दा पक्राउ गरेको अख्यितारले जनाएको छ। अख्तियारका प्रवक्ता रामेश्वर दंगालले निरौलालाई पक्राउ गरिएको पुष्टि गरे। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित : 20 November, 2018

प्रतिक्रिया दिनुहोस्