आजको राशिफल

काठमाण्डौं । मंसिर–५,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्चमा वृद्धि हुनेछ । समय अनुकुल हुने हुँदा आलोचकहरुले समेत प्रशंसा गर्न थाल्नेछन् । काममा केहि बाधा देखिएपनि साथीभाईको सहयोगबाट काम सम्पन्न गर्न सकिनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
टाढाका साथीभाईसँग भेटघाट हुनुको साथै रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा केहि बाधा देखिनेछ । अध्ययनलाई खास्सै समय दिन नसकिएला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
समस्याहरु विस्तारै समाधान हुँदै जानेछन् । व्यापार व्यवसायबाट राम्रो आम्दानि हुनेछ । सन्तानको प्रगतिमा खुसी हुन पाइएला । धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डोै)
मेहनेतले काममा सफलता प्राप्त हुनुको साथै मान प्रतिष्ठामा समेत वृद्धि हुनेछ । अध्ययनको क्षेत्रमा राम्रो उपलब्धि हात पार्न सकिनेछ । प्रिय व्यक्तिसँग भेट हुनेछ । परिवारबाट साथ पाइनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न अवसरहरु प्राप्त हुनेछ । सोचेका कामहरु सहजै पुरा हुनेछन् । साथीभाईहरुसँगको भेटघाटले मन प्रफुल्ल हुनेछ । मिष्ठान्न भोजनको योग छ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
समय केहि प्रतिकुल हुन सक्छ । चोटपटक लाग्ने योग भएकाले केहि सतर्कता अपनाउनु होला । काममा बाधा देखिन सक्छ, धैर्यतापूर्वक काम गर्नाले सफलता मिल्नेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो फाइदा हुने काममा सहभागी भइएला । यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ। बुद्धिको प्रयोग गरि समयलाई अनुकुल बनाउन सकिनेछ । दाजुभाईबाट साथ र सहयोग मिल्नेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
खर्चमा वृद्धि हुनेछ । दिगो फाइदा हुने काममा संलग्न हुन सकिनेछ । व्यापारिक कामको तर्फबाट यात्रा गर्ने अवसर पाइनेछ । सोचेको काम पुरा हुनेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
सम्झौतामा गरिएको काममा समस्या देखिन सक्छ । धैर्य गर्न नसक्दा बनेको काम पनि उम्कन सक्नेछ । निणर्य गर्दा सोचेर मात्र गर्नु होला । अध्ययनको क्षेत्रमा राम्रो नतिजा हात लाग्नेछ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम गरेर अवसर हातपार्ने समय छ। सहयोगीहरूको भरपर्दा पछि परिनेछ। काम बिग्रने डरले सताउनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
सानो प्रयत्नले ठूलो काम बन्नेछ । मेहनेतले सम्मानित स्थान दिलाउन सक्छ । प्रियजनको साथ र सहयोग मिल्ने योग छ । प्रेम र मित्रताको सम्बन्ध मजबुत हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानिमा वृद्धि हुनेछ । नयाँ तथा दिगो फाइदा हुने काममा संलग्न भइनेछ । प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ साथी बनाउने योग छ । मिष्ठान्न भोजन खान पाइएला । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, ख्याल गर्नुहोला ।