सुनसरीमा इँटा उद्योगका सुपरभाइजरको गोली हानी हत्या

सहयात्रा टिभी

दुहबी । मंसिर–५, सुनसरीको दुहबी नगरपालिका–९ जय बाबा इँटाभट्टाका सुपरभाइजरको गोली हानी हत्या गरिएको छ । बुधबार बिहान श्रीमतीसँग मर्निङवाकमा जाँदै गर्दा अज्ञात दुई जनाले ५० वर्षीय फिदा हुसेनको हत्या गरेका हुन् ।

कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

प्रकाशित : 21 November, 2018

प्रतिक्रिया दिनुहोस्