केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिभोर्स भएको उपलक्ष्यमा भव्य पार्टीको आयोजना

सहयात्रा टिभी

एजेन्सी । मंसिर–५, विवाह पार्टी, बर्थ डे पार्टी लगायतका पार्टीहरु त सामान्य रुपमा सुन्दै भोग्दै र मनाउँदै आइएको हो । तर तपाईंहरुलाई सुन्दा आश्चर्य लाग्न सक्छ, कसैले डिभोर्स पार्टी पनि मनाउने गर्छन् ।

अमेरिकामा एकजना महिलाले आफ्नो डिभोर्स भएपछि भव्य पार्टीको आयोजना गरेकी छन् । टेक्सासको लाकोस्ट क्षेत्रमा बस्ने ती महिलाले १४ वर्ष पूरानो आफ्नो वैवाहिक सम्बन्ध तोडिएपछि पार्टीको आयोजना गरेकी हुन् ।

आफ्नो डिभोर्सबाट उनी यति खुसी थिइन कि उनले केवल पार्टीको आयोजना मात्र गरिनन् उनले आफ्नो विवाहको गाउनमा विस्फोटक पदार्थ राखेर विस्फोट समेत गराइन् ।

४३ वर्षकी किम्बर्ली सेन्टलेबेनको गत नोभेम्बर ९ मा विधिवत रुपमा डिभोर्स भएको थियो भने उनले नोभेम्बर १० तारेखमा डिभोर्स पार्टीको आयोजना गरेकी थिइन् ।
उनले आयोजना गरेको डिभोर्स पार्टीमा उनका बुवा तथा बहिनी समेत सहभागी थिए ।

प्रकाशित : 21 November, 2018

प्रतिक्रिया दिनुहोस्