केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौैं । मंसिर–६,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
फाइदा हुने काम हात लाग्नेछ । आम्दानिमा वृद्धि हुनुको साथै सोचेका कामहरु पुरा हुनेछन् । समय अनुकुल रहनेछ । आलोचकहरुले समेत प्रशंसा गर्ने छन् ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका काम दोहो¥याएर गरेमा मात्र सफल हुनेछ । साथीभाई तथा शुभचिन्तकहरुको सहयोग मिल्नेछ । प्रिय व्यक्तिसँग भेटघाट हुनेछ । अध्ययनमा मन जानेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसायमा फाइदा हुनुको साथै खर्चमा समेत वृद्धि हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । साथीभाईहरुसँग भेटघाट हुनेछ । मिष्ठान्न भोजनको योग छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, चिसोबाट बच्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला । अध्ययनमा खास्सै समय दिन नसकिए पनि नतिजा भने सकारात्मक नै हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मेहनेत र लगनशिलताले रोकिएका कामहरु पनि सफल बन्दै जानेछन् । शुभचिन्तकहरुको साथ मिल्नेछ । सन्तानको प्रगतिमा खुसी हुन पाउने योग छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ला । धैर्यता गुमाउनाले बनेको काम पनि बिग्रन सक्छ । बोलिबचनमा विशेष ध्यान दिनुहोला । अध्ययनको क्षेत्रमा सकारात्मक नतिजा हात पर्ने छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रा खर्चिलो र कष्टपूर्ण हुन सक्छ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। बुद्धिको उपयोगले परिस्थितिलाई आफू अनुकूल बनाउन सकिनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक पक्ष सबल बन्नेछ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। लक्ष्यमा पुग्न सकिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साइनो गाँस्नेहरूले पनि दुःख दिन सक्छन्। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभचिन्तकहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।प्रतिस्पर्धीहरूले अप्ठ्यारो समयमा दुःख दिन सक्छन्।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दिगो फाइदा हुने काममा सम्झौता हुनेछ।सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ।

प्रकाशित : 22 November, 2018

प्रतिक्रिया दिनुहोस्