ड्रोग्बाले गरे फुटबल करिअरबाट सन्यासको घोषणा

सहयात्रा टिभी

एजेन्सी । मंसिर–६, आईभेरीकोस्ट तथा प्रिमियर लिग क्लब चेल्सीका लिजेण्ड डिडियर ड्रोग्बाले फुटबल करिअरबाट सन्यास लिएको घोषणा गरेका छन् । आइभेरीकोष्टका ४० वर्षीय ड्रोग्बाले २० वर्षे लामो फुटबल करिअरबाट सन्यास लिएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘अविस्मरणिय २० बर्ष लामो फुटबल करिअरलाई बिट मार्दै सन्यास लिएको घोषणा गरेको छु ।

लिजेण्ड डोग्बाले चेल्सीबाट ३ सय ८१ खेलमा १ सय ६४ गोल गरेका थिए । चेल्सीलाई उपाधि जिताउन प्रमुख भुमिका खेलेका उनले चेल्सीलाई चारपटकसम्म प्रिमियर लिगको उपाधि जिताउन सफल भएका थिए।

आफ्नो करिअरको अन्तिम १८ महिना अमेरिकन क्लबमा बिताएका उनले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन पनि सफल भएका थिए ।
’उनले प्रिमियर लिगको २००६–०७ र २००९–०१० मा गरी दुई पटक गोल्डन बुट पाएका थिए ।

प्रकाशित : 22 November, 2018

प्रतिक्रिया दिनुहोस्