केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय कलाकार आलोक नाथविरुद्ध मुद्दा

सहयात्रा टिभी

एजेन्सी । मंसिर–६, बलिउड कलाकार आलोक नाथविरुद्ध भारतीय प्रहरीले मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि बुधबार उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

एक जना लेखक तथा उत्पादक भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाएको समाचारमा जनाइएको छ ।

मंगलबार भिन्टा नन्द मुम्बईको ओसिवारा प्रहरी कार्यालयमा आएर आलोक नाथविरुद्ध उजुरी दिइन,” एक प्रहरी अधिकारीले भने । उनकै उजुरीका आधारमा आलोकविरुद्ध मुद्दा दायर गरिएको प्रहरीको भनाई छ ।
भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ ।

प्रकाशित : 22 November, 2018

प्रतिक्रिया दिनुहोस्