केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफ्नो प्रेमीको हत्या गरि मासु पकाएर कामदारलाई खान दिएपछि

सहयात्रा टिभी

एजेन्सी । मंसिर–६, एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर कामदारलाई खान दिएको न्यायीक अधिकारीले बताएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको घटनामा मोरक्कोकी महिलाले आफ्नो प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर त्यहिँ कार्यरत पाकिस्तानी कामदारलाई दिएको खुलेको हो ।

युएईको सरकारी पत्रिका द नेशनलका अनुसार ती महिलाले अपराध स्वीकार गरेकी छन्। उनले त्यो समयलाई पागलपनको अवस्था भनेको पनि खबरमा उल्लेख छ ।

३० वर्षकी ती महिला हत्या भएका व्यक्तिसँग सात वर्षदेखि सम्बन्धमा थिइन् । मोरक्कोकी अर्कै महिलासँग विवाह गर्ने तयारी गरेको बताएपछि आफूले प्रेमीको हत्या गरेको ती महिलाले बताएकी छन् ।
पीडितका भाइ भेट्न गएका बेला ब्लेन्डरमा मानिसको दाँत फेला परेपछि घटना बाहिर आएको हो ।ती महिलाको अपराधका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित : 22 November, 2018

प्रतिक्रिया दिनुहोस्