केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँदरकै कारण युवतीहरुले विवाह गर्न नपाउने गाउँ

सहयात्रा टिभी

एजेन्सी । मंसिर–६, भारतको बिहारस्थित एक गाउँका युवतीहरुले बाँदकै कारणले गर्दा विवाह गर्न पाउँदैनन् । बिहारको राजधानी पटनाबाट ७५ किलोमिटर टाढा रहेको भोजपुर जिल्लास्थित रतनपुर गाउँमा विवाहका लागी गएका जन्तिहरु बाँदरको आक्रमणबाट जिवित फर्कन सक्दैनन् भन्ने भनाइछ ।

रतनपुरमा सात वर्षअघि एक घटना भएको थियो । एउटा घरमा धुमधामसँग व्याण्ड बाजा सहित बिहे चलिरहेको थियो । जन्तीहरु मज्जाले नाचगान गरिरहेका थिए ।

एक्कासी बाँदरहरुको एक बगालले जन्तीमाथि आक्रमण गर्यो । पहिले त जन्तीले बाँदर लखेट्ने कोसिस गरे, तर जब बाँदरहरु बढी आक्रामक बने तब जन्तीहरुले नै ज्यान जोगाउन यत्रतत्र भाग्न थाले । उक्त घटनापछि उक्त गाउँका युवतीसँग विवाह गर्न जन्ति लिएर आउने आट कसैले पनि गरेका छैनन् ।

अनेक उपाय गर्दा पनि गाउँबाट बाँदरका बगाललाई हटाउन सकिएको छैन र गाउँलाई पूर्णरुपमा आफ्नो कब्जामा राखेको छ बाँदरले । आसपासका गाउँहरुमा रतनपुर गाउँको बाँदरको कहानी निकै चर्चित बनिरहेको छ । त्यसैले मानिसहरु रतनपुरका केटीहरु मन परेपनि बिहे गर्न जान डराउँछन् ।
उक्त गाउँका विवाह गर्ने उमेरका धेरै युवतीहरु अविवाहित नै बस्नुपर्ने बाध्यता रहेको बताइएको छ ।

प्रकाशित : 22 November, 2018

प्रतिक्रिया दिनुहोस्