नेपाल मेडीसिटी अस्पताल र नेपाल विज्ञापन संघविच सम्झौता
काठमाण्डौं । मंसिर–७, नेपाल मेडीसिटी अस्पताल र नेपाल विज्ञापन संघविच सेवा आदानप्रदानका लागी सम्झौता भएको छ । सोमबार नेपाल मेडीसिटी अस्पताल, भैँसीपाटीमा मेडीसिटी अस्पताल र विज्ञापन संघ आनविच सेवा आदानप्रदानका लागी सम्झौता भएको हो ।
सम्झौतापत्रमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र आनका अध्यक्ष रविन्द्रकुमार रिजालले हस्ताक्षर गरेका छन् । नेपाल विज्ञापन संघका पदाधिकारी तथा सदस्यहरुलाई अस्पतालको सेवा उपभोग गर्दा विशेष सहुलियत हुने संघले जनाएको छ ।
अस्पतालले आनसँग मिलेर देशका विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रमहरु गरिने विषयमा समेत छलफल भएको छ । स्वदेशमै सम्पूर्ण उपचार सम्भव भएकाले जीवनमा जति व्यस्त भएपनि अनिवार्य रुपमा स्वास्थ्य परिक्षण गराइरहनु पर्ने आवश्यकता रहेको आन अध्यक्ष रिजालले बताएका छन् ।
स्वास्थ्य सम्बन्धि सचेतना अभिवृद्धि गर्न विज्ञापन र यससँग सम्बन्धित व्यक्तिहरुको विशेष भुमिका रहने भएकाले यसमा संलग्न व्यक्तिहरु स्वस्थ हुनुपर्ने महाप्रबन्धक रिमालको भनाइ थियो ।
त्यसैगरि नेपालकै सुविधा सम्पन्न अस्पताल मेडीसिटी अस्पतालसँग सहकार्य गर्न पाएकोमा आनका बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धितालले खुसी व्यक्ति गरेका छन् ।