डिशहोम च्यानल नं १०८ मा आजबाट सुपरहिट चलचित्र ‘जय भोले’ हेर्न सकिने
काठमाण्डौं । मंसिर–७, डिशहोम च्यानल नं. १०८ मा आजबाट सुपरहिट चलचित्र ‘जय भोले’ प्रशारण हुने भएको छ । डिशहोमका ग्राहकहरुको सुविधाको निम्ति डिशहोमले सपरिवार घरमै बसि बसि नयाँ नयाँ सुपरहिट चलचित्र हेर्न सकिने व्यवस्थासहित जय भोले प्रशारण गर्ने भएको हो ।
प्रति शो को रु ३२५ तिरेर डिशहोमका ग्रहकहरुले घरमै चलचित्र ‘जय भोले’ हेर्न सक्नेछन् । चलचित्र विहान ८ बजे, दिउँसो १२ र ४ वजे र साँझ ८ बजे हेर्न सकिनेछ ।
डिशहोमका ग्राहकहरुले सिनेमा हेर्नका लागि मोबाईलबाट sms साधारण पठाएर हेर्न सकिनेछ । अथवा, CasID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय CasID नम्बर राखी ३२५८० वा ३२५०० मा sms पठाएर पनि चलचित्र हेर्न सकिने डिशहोमले व्यवस्था गरेको छ ।
मोबाईलबाट विहान ८ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID a
दिउँसो १२ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID b
दिउँसो ४ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID c
बेलुकी ८ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID d मा साधारण sms पठाउन सकिन्छ ।
त्यसैगरि डिशहोम ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२००० वा ०१–४२१७६६६ मा फोन गरेर पनि शो खुलाउन सकिने व्यवस्था डिश होमले मिलाएको छ ।