१३ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

तेह्रथुम । मंसिर–७, तेह्रथुममा १३ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। पीडितको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका–४, रानीगाउँ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बूलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नारायण गौतमले बताए।
मंगलबार राति साढे ९ बजे बालिकाको कोठामा गई जबरजस्ती करणी गर्न खोजेको पीडित बालिकाको परिवारबाट उजुरी आएपछि लिम्बूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।