केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्मलाका बुवालाई बेहोस बनाइ काठमाण्डौं पठाइयो

सहयात्रा टिभी

धनगढी । मंसिर–९, कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाण्डौं लगिएको छ । असामान्य व्यवहार देखाएपछि पन्तलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं पठाइएको हो ।

यसअघि निर्मलाका बुबाआमा र दुई आफन्तलाई बुद्ध एयरको बेलुकीको उडानबाट काठमाण्डौं पठाउने प्रयास गरिएको थियो तर निर्मलाका बुबाको असामान्य व्यवहारका कारण विमानका कर्मचारीहरुले यज्ञराजलाई लैजान नसकिने बताएका थिए ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टका अनुसार यज्ञराजमा मानसिक समस्या देखिएपछि चिकित्सकले काठमाण्डौं लैजान सुझाव दिएका थिए । छोरीको न्यायका लागि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजमा तीन दिनदेखि मानसिक समस्या देखिएको थियो ।

निर्मलाको परिवारका सदस्यहरु १४ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका थिए । १० साउनमा साथीको घर गएकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

प्रकाशित : 25 November, 2018

प्रतिक्रिया दिनुहोस्