केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनमा पराजयपछि ताइवानी राष्ट्रपतिद्वारा दलको नेतृत्वबाट राजिनामा

सहयात्रा टिभी

एजेन्सी । मंसिर–९, ताइवानका राष्ट्रपति साई इङ–वेनको दल डेमोक्रेटिक प्रोग्रसिभ पार्टी (डिपीपी) ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ। राष्ट्रपति साईले स्थानीय निर्वाचनमा आफ्नो दल डिपीपीको पराजयको जिम्मेवारी लिँदै दलको नेतृत्वबाट शनिबार राजिनामाको घोषणा गरेकिछिन्।

उनले अकस्मात गरेको राजिनामाको घोषणा सार्वजनिक गर्दै सञ्चारकर्मीसँग भनिन्, “मैले आज आएको निर्वाचनको नतिजा पार्टी प्रमुखका हैसियतमा जिम्मेवारी लिँदै राजिनामा दिएको छु।” “हाम्रो प्रयास प्रयाप्त हुन नसकेका कारण पराजय भएको छ।

दललाई सफल बनाउन हामीसँगै संघर्ष गरेका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति कृतज्ञता प्रकट गर्दै दललाई सफल पार्न नसकेकोमा म क्षमायाचना गर्दछु,” साइले भनिन्।

प्रकाशित : 25 November, 2018

प्रतिक्रिया दिनुहोस्