केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यारेबियन समुद्रको द्वीपमा शक्तिशाली भूकम्प

सहयात्रा टिभी

एजेन्सी । मंसिर–९, बोगोटा– क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ ।

भूकम्पबाट सान आन्द्रेस नगरपालिका र सान्ता क्याटालिना नगरपालिकामा क्षति पुगेको अधिकारीहरुले बताएका छन् । उक्त द्वीप निकारागुवाको पूर्वी तटीय क्षेत्रबाट २२० किलोमिटर टाढा पर्दछ । कोलम्बियाली अधिकारीहरुले तटीय इलाकामा सुनामीको खतरा नरहेको जनाएका छन् । –एएफपी

प्रकाशित : 25 November, 2018

प्रतिक्रिया दिनुहोस्