आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१०,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय केहि प्रतिकुल रहनेछ । पूर्णरुपमा भर परेका मानिसहरुबाट धोका हुन सक्छ । साइनो गाँस्नेहरुले दुख दिन सक्छन् । काम बिग्रने डरले सताउनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आम्दानिमा वृद्धि हुनेछ । दिगो फाइदा हुने काममा संलग्न भइनेछ । जिम्मेवारी बढ्नेछ । सोचेका कामहरु कडा मेहनेतले सफल बनाउन सकिनेछ । प्रिय व्यक्तिको साथ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाईहरुको साथ र सहयोगले काममा सफल भइनेछ । सरल जीवनशैलीले अन्यलाई प्रभावित बनाउन सकिनेछ । इच्छाशक्तिमा वृद्धि हुनेछ । शिक्षा क्षेत्रमा खास्सै ध्यान नजाला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
टाढा भएका आफन्तहरुसँगको सम्पर्कले खुसी मिल्नेछ । आम्दानिमा वृद्धि हुनुको साथै मेहनेतले काममा सफलता समेत मिल्नेछ । रोकिएका काम दोहो¥याएर गर्नुपर्ला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । खर्चका साथै आम्दिानिमा समेत वृद्धि हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । अध्ययनलाई समय दिन मन लाग्नेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
केहि विवादास्पद जिम्मेवारी लिनु पर्ने अवस्था आउन सक्छ । आफ्नाहरुबाटै धोका हुन सक्छ, सतर्क रहनुहोला । आम्नानिमा वृद्धि हुनेछ । प्रिय व्यक्तिसँग भेटघाट हुने योग छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुखदुखमा साथ दिनेहरु प्रशस्त फेला पर्ने छन् । हिम्मत गर्नाले प्रतिष्ठित जिम्मेवारी हात लाग्न सक्छ । विशिष्ठ व्यक्तिसँग भेट हुने योग छ । अध्ययनमा खास्सै समय दिन नसकिएला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही चुनौती पनि देखिनेछन्। तापनि अप्ठ्यारा परिस्थितिलाई सुल्झाउन सकिनेछ। अरूको स्वार्थमा उपयोग भइने समय रहेकाले सजग रहनुहोला।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त भए पनि खर्चको मात्रा बढ्नेछ। व्यवसायमा कम फाइदा हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च लागे पनि मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ। चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दाजुभाईको सम्बन्ध कसिलो बन्दै जानेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँटले चिताएको काम सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। मित्रता र प्रेम सम्बन्ध कसिलो बन्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तको साथ प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। विगतका कमिकमजोरीहरुलाई सच्याएर अघि बढ्ने अवसर मिल्नेछ ।

प्रकाशित : 26 November, 2018

प्रतिक्रिया दिनुहोस्