गर्भवती कर्मचारीलाई तुरुन्तै गर्भपतन गर्न कम्पनीको निर्देशन

सहयात्रा टिभी

एजेन्सी । मंसिर–१०, चीनको एक निजी कम्पनीले गर्भवती भएका आफ्ना महिला कर्मचारीलाई तत्कालै गर्भपतन गर्न आदेश दिएको छ । गर्भवती हुनु अगाडि कम्पनी व्यवस्थापनलाई पूर्व जानकारी नगराएको भन्दै कम्पनीले गर्भवती महिला कर्मचारीलाई यस्तो चेतावनी दिएको हो ।

शिजाजुआंग प्रान्तस्थित एउटा बैंकले नियमानुसार सबै महिला कर्मचारीहरुले वर्षको सुरुमा एउटा फारम भर्नुपर्दछ । उक्त फारममा यस वर्ष गर्भाधारण गर्ने योजना भए–नभएको खुलाउनु पर्दछ र गर्भाधारणको योजना भएमा सोही व्यहोरा खुलाएर फाराम स्वीकृत गराउनु पर्दछ ।

विना जानकारी गर्भवती हुने महिलालाई दुईवटा विकल्प दिइन्छ । पहिलो विकल्प गर्भपतन गराउने र दोस्रो विकल्प आर्थिक जरिवानाको रुपमा तलब कटौती तथा पद घटुवा गर्ने । साथै दुवै सजाय पनि दिन सकिन्छ ।

एकजना महिला कर्मचारीले आफू गर्भवती भएको आरोपमा कम्पनीले कारवाही गर्न लागेको जनाएर कामदार सेवा केन्द्रमा निवेदन दिएपछि बैंकको यस्तो अनौठो नियम खुलेको हो ।

प्रकाशित : 26 November, 2018

प्रतिक्रिया दिनुहोस्