केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्तो अनलाइन गेम जसले आत्महत्या गर्न प्रेरित गर्छ, २८५ बच्चा बनिसके यसको शिकार

सहयात्रा टिभी

एजेन्सी । मंसिर–१०, ‘ब्लु ह्वेल च्यालेन्ज‘ नामक एक यस्तो अनलाइन गेम छ जसले विश्वभरमा सयौं निर्दोष बच्चा र युवाहरुको जिन्दगीलाई बर्बाद गरिदिएको छ । यो गेम खेल्नेले अन्तिममा ज्यानै गुमाउने भएकाले यसलाई सुसाइड गेम पनि भन्न थालिएको छ ।

यो गेम हाम्रै छिमेकी देश भारत र पाकिस्तान सम्म पनि आइसकेको छ । केही दिन अघिमात्रै मुम्बईका एक १४ वर्षिय स्कुले विद्यार्थी मनप्रित सिंह सहनीले उक्त ब्लु ह्वेल च्यालेन्ज नामक अनलाइन गेमको अन्तिम स्टेज कटाउनको लागि ७ तले भवनको छतबाट हाम फालेर आत्महत्या गरेका छन् ।

यो गेमक्लोज्ड ग्रुपमा खेलिन्छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, ह्वाट्सएप जस्ता साइटबाट इन्भिटेसनको माध्यमबाट बच्चा यो गेममा सहभागी हुन्छन् । यो गेममा ५० स्टेज हुन्छ जसलाई ५० दिनमा पुरा गर्नुपर्छ । हरेक स्टेजमा प्रयोगकर्ताले स्टेजमा कटाएको प्रमाण स्वरुप एक तस्वीर ग्रुपमा पठाउनुपर्छ ।

यो गेमको सबैभन्दा खतरनाक कुरा के छ भने जब बच्चा यो गेमबाट बाहिर निस्कने कोसिस गर्छ तब गेम चलाउनेले उसको परिवारमा हानी गर्ने धम्की दिन्छ ।

ब्लु ह्वेल च्यालेन्ज गेम खेल्ने मानिसहरुमध्ये अहिलेसम्म करिब २८५ भन्दा धेरै बच्चाले आत्म हत्या गरिसकेका छन् । यसमा रुसका मात्रै १३० जनाको मृत्यु भएको दावी गरिएको छ ।

अमेरिका, पाकिस्तान समेत गरि विश्वका १९ देशमा यो गेमको कारणले आत्महत्या गर्ने वा कोशिस गरेका सयौं घटनाहरु आइसकेका छन् ।

द ब्लु ह्वेल गेमलाई २५ वर्षका फिलिप बुडेकिनले सन् २०१३ मा बनाएका थिए । रुसमा यो गेमबाट आत्महत्याको पहिलो घटना सन् २०१५ मा आएको थियो । यसपछि फिलिपलाई जेल सजाँय भएको थियो । तर फिलिप दावी गर्छन् कि यो गेम समाजमा सफाइको लागि हो । आत्महत्या गर्ने मानिसहरु ‘बायोलोजिकल वेस्ट’ हुन् ।

‘द ब्लु ह्वेल गेम’ मा ५० दिनसम्म टास्क बताइन्छ । यसलाई इन्टरनेटमा खेलिन्छ । हरेक टास्कलाई पुरा गरेपछि हातमा एकपटक काट्नको लागि भनिन्छ । यसमा हातमा ब्लेडले एफ–५७कोरेर फोटो पठाउनको लागि भन्निछ । यसको साथै बिहान ४ः२० मा उठेर डरलाग्दो फिल्म वा भिडियो हेर्नको लागि र क्युरेटरलाई पठाउनको लागि भनिन्छ ।

विहान अग्लो भन्दाअग्लो छतमा जान भनिन्छ । कागजको पानामा ह्वेलको चित्रबनाएर क्युरेटरलाई पठाउन भनिन्छ ।

ह्वेल बन्नको लागि तयार भएमा आफ्नो खुट्टामा ब्लेडले काटेर ‘यस’ लेख्नुपर्छ र तयार नभएमा आफैलाई चक्कुले कैयौं पटक काटेर सजायँ दिनुपर्छ । चार स्टेजमा छतमा जानुपर्छ । क्युरेटरले पठाएको म्युजिक सुन्नुपर्छं ।

यस खालका ४९ स्टेप पुरा गर्दै गएपछि ५० औं दिनमा यो खेल खेल्नेलाई कुनै अग्लो भवनको छतबाट हामफालेर आत्महत्या गरि विजेता बन्नको लागि भनिन्छ ।एजेन्सी

प्रकाशित : 26 November, 2018

प्रतिक्रिया दिनुहोस्