पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–११, वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुइ जस्तै अस्थाइ गर्भनिरोधक सुइको आविष्कार गरेका छन् ।

पुरुषका लागि विकशित गरिएको यो गर्भनिरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्क सँग सहवास गर्न सकिनेछ र त्यस्तो सुइ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ रहने छैन ।

अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुइको आविष्कार गरेको बताइएको छ ।

शोधकर्ताहरुले खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुइ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरी मानिसका लागि गर्भनिरोधक सुइको रुपमा समेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।

वैज्ञानिकहरुले उक्त पुरुष गर्भनिरोधक खोपलाई भेसल जेलको नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण सुरु गर्ने उनीहरुको भनाइ छ ।

प्रकाशित : 27 November, 2018

प्रतिक्रिया दिनुहोस्