केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिरियाली गृहमन्त्रीसहित नौ मन्त्री परिवर्तन

सहयात्रा टिभी

एजेन्सी । मंसिर–११, सिरियाको सरकारले मन्त्रीमण्डलमा हेरफेर गरेको छ। राष्ट्रपति बसर अल असदले सोमबार मन्त्रीपरिषद्का सदस्यहरु हेरफेर गर्न निर्देशन दिए अनुसार नौ जना मन्त्री परिवर्तन भएका राज्यद्धारा संचालित समाचार संस्था सानाले जनाएको छ।

उनको निर्देशन अनुसार जलश्रोत, आन्तरिक व्यापार, गृह, पर्यटन, शिक्षा, उच्च शिक्षा सार्वजनिक कार्य तथा निर्माण, संचार र उद्योग मन्त्रीहरु परिवर्तन परिवर्तन भएका हुन्।

गृह मन्त्रीको परिवर्तनलाई सिरियामा बढी अर्थपूर्ण रुपमा लिएर चर्चा गरिएको छ। परिवर्तन गरिएका गृह मन्त्री मोहम्मद अल शार सन् २०११ देखि उक्त पदमा थिए। रासस

प्रकाशित : 27 November, 2018

प्रतिक्रिया दिनुहोस्