गिनिज बुकमा नाम लेखाउँन ४ दिनदेखि नाचिरहेकी छिन बन्दना

काठमाण्डौं । मंसिर–११, सबैभन्दा लामो समय नाचेर विश्व किर्तिमान कायम गर्न नेपाली चेली बन्दना नेपाल निरन्तर लागीरहेकी छन् । १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन बन्दना चार दिनदेखि निरन्तर नाचिरहेकी हुन् ।
मंसिर ७ गते ९ बजेदेखि काठमाण्डौस्थित विग फूडल्याण्डमा नाचिरहेकी १७ बर्षिय बन्दना नेपालको कला सँस्कृतिलाई विश्वसामु चिनाउन सबैभन्दा लामो समय नृत्य गरेर विश्व रेकर्ड राख्ने अभियानमा लागेकी हुन् ।
बन्दनाले यो रेर्कड राख्न भारतको केरेलाकी एक जना महिलाले १२४ घण्टा नाचेर बनाएको रेर्कड तोड्नु पर्ने हुन्छ । बन्दनाले १२६ अर्थात् लगातार पाँच दिन नृत्य गर्नेछिन् ।