के घुर्ने समस्याबाट पिडित हुनुहुन्छ ? अब अपनाउनुस यस्तो सजिलो उपाय

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–११, कतिपया मानिसहरुमा सुतेको बेला घुर्ने बानि हुन्छ । यस्तो बानिले आफुसँगै अथवा ओल्लो पल्लौ कोठामा सुतेका मानिसहरु समते हैरान हुने गर्छन् । तर घुर्ने मानिसलाई भने आफु घुरी रहेको छु भन्ने थाहा हुँदैन् । यसले स्वयम घुर्ने मानिसको समेत स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुन्छ ।

खासगरि घुराइ हाम्रो स्वासप्रश्वासको नलीमा हावाको घर्षणले गर्दा निस्कने एक किसिमको आवाज हो । सामान्यतया स्वाशप्रश्वासको नली साँघुरो भएर हावा राम्रोसंग सञ्चालन हुन सक्दैन र हामी घुर्ने गर्छौं । कहिलेकाही घुर्ने वानी सामान्य नै हो, तर हरेक निन्द्रामा घुर्ने वानीले भने स्वास्थ्यको दृष्टिकोणले हानिकारक हुन सक्छ ।

घुर्नु आफैमा एउटा रोग नभएर विभिन्न रोगहरुमा देखिने एउटा लक्षण हो । त्यसैले यसको उपचारको निम्ति हामी स्वासप्रश्वासको कुन अंगको खरावीले घुरिरहेका छौँ थाहा पाउन जरुरी हुन्छ ।

राती सुत्दा घुर्ने वानीले हाम्रो निद्रालाई असर गर्छ । त्यसले गर्दा दिउँसो आलस्य हुने, झर्को लाग्ने र काममा ध्यान केन्द्रित गर्न नसक्ने हुन सक्छ ।

पछिल्लो केहि अध्ययनहरुको अनुसार लामो समय देखि घुर्ने वानी भएको मानिसहरुमा यसले मुटुको समस्या निम्त्याउन सक्छ । साथै यसले घाँटी भएर बग्ने रगतको नलीलाई पनि असर गर्न सक्छ ।

घुर्ने समस्याबाट मुक्त हुन निम्न कुराहरुमा ध्यान दिनुपर्छ :

– शरीरको तौल कम राख्ने,
अधिकांस मोटो व्यक्तिहरु घुर्ने समस्याबाट पीडित हुन्छन्। गलाको आसपास बोसो युक्त कोशिका जम्मा हुने भएकाले घुर्ने समस्याले सताउने गर्छ। यस कारण घुर्ने समस्या अन्त्य गर्न शरिरको तौललाई कम राख्नुपर्छ ।

–सुत्ने समयलाई ध्यान दिने,
नियमित एकै समयमा सुत्ने बानि बसाउनु पर्छ । सुत्ने समयमा आफ्नो शरीरलाई पूर्ण आराम दिनुपर्छ । र सुतेको समयमा कुनै पनि अंगमा जोड पर्ने अथवा अफ्ट्यारो हुने गरि सुत्नु हुँदैन् ।

– मनलाई शान्त राख्ने,
घुर्ने समस्या भएका व्यक्तिहरुले रातको समयमा सुत्ने बेलामा मनलाई शान्त र दिमाखबाट बाहिरी कुराहरुलाई हटाउनु आवश्यक छ । सुत्ने बेलामा आफूलाई तनाव मुक्त गराउनु पर्छ ।

–कम मात्रमा नुनको सेवन,
धेरै नुनको सेवनले शरीरमा यस्तो तरल पदार्थको निर्माण गर्छ की जसले नाकको प्वालमा बाधा उत्पन्न गर्छ । यस कारण घुर्ने समस्या निम्तिन्छ। नुनको सेवन कम गरेर गला भित्र सुनिने समस्यालाई न्युन गर्न सहयोग पुग्छ। र यसले घुर्ने समस्या पनि अन्त्य हुन्छ।

प्रकाशित : 27 November, 2018

प्रतिक्रिया दिनुहोस्