कुरीति तोड्दै एकल महिलाहरुले लगाए राता चुरा र कपडा

सहयात्रा टिभी

धादिङ । मंसिर–१२, श्रीमानको मृत्यु पश्चात श्रीमतिले सेता कपडा लगाउने परम्परा आजसम्म पनि हाम्रो समाजमा कयमै छ । त्यति मात्र नभएर उक्त एकल महिलाले चुरा धागो र रातो भन्ने कुनै पनि कुराको प्रयोग गर्न पाउँदिनन् । श्रीमान गुमाउनुको पिडा सँगै कुरुप भएर बस्नु पर्ने र समाजको हेला र अपमान सहुन पर्ने प्रत्येक एकल महिलाहरुको व्यथा हो ।

तर यो परम्परालाई तोड्दै धादिङ थाक्रे गाउँपालिकाका एकल महिलाहरुले सामुहिक रुपमा राता कपडा र चुराधागो लगाएका छन् । श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला एक ठाउँमा भेला भएर रातो लगाएको बताइएको छ ।

श्रीमान गुमाउनु पर्दाको पिडा र समाजमा सम्मानजनक बाँच्नको निम्ति आफुहरुले राता कपडा पहिरिएको एकल महिलाहरुको भनाइछ ।

प्रकाशित : 28 November, 2018

प्रतिक्रिया दिनुहोस्