केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोलिदेखि चारदिनसम्म यातायातमा जोर विजोर प्रणाली

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१२, काठमाण्डौं उपत्यकामा चल्ने यातायातमा भोलिदेखि चारदिनसम्म जोर विजोर प्रणाली लागु हुने भएको छ । एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले मंसिर १३ देखि १६ गतेसम्म यातायातमा जोर बिजोर प्रणाली लागू गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक सूचना जारी गरी जानकारी दिएको छ ।

यही मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित : 28 November, 2018

प्रतिक्रिया दिनुहोस्