आजको राशिफल
काठमाण्डौं । मंसिर–१३,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्चमा वृद्धि हुनुको साथै आर्थिक संकट आइलाग्न सक्छ । काममा बाधा देखिनेछ । मेहनेत र बुद्धिले काम गर्नाले लाभ समेत हात पार्न सकिनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भविष्यका लागी राम्रो बाटो तय गर्न सकिनेछ । काम गर्दा बलभन्दा बुद्धिको प्रयोग गर्नुहोला । बोलिबचनमा ध्यान दिनुहोला । साथीभाईहरुसँग भेटघाट हुने योग छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरुको बहकाउमा लाग्नाले काम बिग्रन सक्छ । बोलिबचनमा ध्यान दिनुहोला । टाढाका आफन्तहरुसँग भेट हुन सक्ने सम्भावना छ । शिर्जनात्मक काममा मन जाला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जिम्मेवारी बढ्नेछ भने कामबाट खास्सै लाभ हुने देखिन्दैन । व्यापारव्यवसायबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने योग छ । शिक्षा क्षेत्रमा सोचेजस्तो नतिजा नदेखिँदा मन खिन्न हुन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेहनेतले विशिष्ट स्थान दिलाउन सक्छ । नामका साथै दाममा समेत वृद्धि हुने योग छ । शुभचिन्तकहरुको साथ पाउनाले समस्याहरु समाधान हुनेछन् । नयाँ साथी बनाउने योग छ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। सोचेका कामहरु पुरा नहुँदा मन खिन्न हुन सक्छ । प्रिय व्यक्तिसँगको भेटले केहि खुसी समेत दिलाउनेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
साथीभाईहरुको मन जित्न सफल भइनेछ । प्रतिस्पर्धामा अगाडि बढ्न सकिनेछ । यात्राको अवसर भए पनि स्वास्थ्य समस्याले बाधा पु¥याउन सक्छ । खानपानमा ध्यान दिनुहोला ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रोकिएको काम बन्नुको साथै नयाँ कामको थालनि हुनेछ । शुभचिन्तकहरुको साथ पाइनेछ । धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला । मित्रता र प्रेमको सम्बन्ध कसिलो बन्दै जानेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शिर्जनात्मक काममा मन जानेछ । अध्ययनमा खास्सै सयम दिन नसकिएला । वैदेशिक क्षेत्रबाट आम्दानि हुने देखिएको छ । मिष्ठान्न भोजनको योग छ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ। झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
व्यापारका लागी यात्रा गर्ने अवसर मिल्नेछ । मिष्ठान्न भोजनको योग छ । धेरैपछि मिल्ने साथीसँग भेट होला । परिवारमा असमझदारी बढेपनि सामाधान गर्न सकिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धैर्यता र मेहनेतले लक्ष्यमा पु¥याउनेछ । बोलिबचनमा ध्यान दिनुहोला । साथ दिनेहरु प्रशस्त भेटिनेछन् । आफ्नो महत्वपूर्ण समय अरुका लागी विताउनुपर्ला ।