केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अफगानिस्तानमा २६ लडाकू मारिए

सहयात्रा टिभी

एजेन्सी । मंसिर–१३, अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी २६ भन्दा बढी लडाकू मारिएका छन् ।  तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परी अरू २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

सेनाले बुधबार जारी गरेको वक्तव्यका अनुसार सेनाले तालिबान लडाकूहरु त्यहाँ रहेको थाहा पाएरै आक्रमण गरेको थियो ।  सेनाले अन्डार, गिलान, क्वार्जाघलगायतका जिल्लाका विभिन्न ठाउँमा आक्रमण गरेको वक्तव्यमा उल्लेख छ ।

लडाकूहरुले प्रयोग गर्ने हातहतियार र अन्य बन्दोबस्तीका सामग्री पनि नष्ट गरिदिएको सेनाले जनाएको छ । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । रासस

प्रकाशित : 29 November, 2018

प्रतिक्रिया दिनुहोस्