द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना

लहान । मंसिर–१३, सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको प्रहरी खिरौना चौकी पुनःस्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बुधबार पुनःस्थापित चौकी उद्घाटन् गरे ।
तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका समयमा विस्थापित भई जिल्ला प्रहरी कार्यालयमा उक्त चौकी गाभिएकामा पुनः स्थापना भएसँगै सो क्षेत्रको शान्ति सुरक्षा सुधार आउने विश्वास गरिएको छ । तत्कलका लागि प्रहरी सहायक निरीक्षको नेतृत्वमा १० प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
डेढ लाख मूल्य बराबरको मदिरा बरामद
प्रहरीले सिरहाको विभिन्न स्थानबाट गए राति डेढ लाखभन्दा बढी मूल्य बराबरको अवैधरूपले बनाइएका मदिरा तथा त्यससंग सम्बन्धित समान बरामद गरेको छ । माडर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माडर बसपार्कबाट भन्सार छलेर चोरी पैठारी गर्न लागिरहेकोे अवस्थामा स्थानीय पसलबाट रु ६० हजार बराबरको मदिरासहित किराना सामान बरामद गरेको हो ।
यसैगरी प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिकाको मिर्जापुरबाट करीब रु ४५ हजार मूल्य बराबरको कपडा र सिरहा नगरपालिका–२१ स्थित लगडीगोठबाटे नेपालबाट भारततर्फ अवैध रूपमा निकासी भइरहेका १६ कार्टुन मदिरा पनि बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।रासस