पाकिस्तानी नयाँ सरकारको सय दिन : सर्वत्र सुधारको संकेत

सहयात्रा टिभी

एजेन्सी । मंसिर–१४, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सय दिने कामको विवरण बिहीबार सार्वजनिक गर्दै यो अवधिमा देशका विभिन्न क्षेत्रमा सुधार गर्ने र आर्थिक बृद्धि गर्ने संकेतहरु देखिएको खान सरकारको दावी छ ।

प्रगति प्रतिवेदन सार्वजनिक गर्न जिन्नाह कन्भेन्सन सेन्टर इस्लामावादमा विषेश कार्यक्रमको आयोजना गरिएको थियो भने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सरकारी अधिकारीहरु र विभिन्न क्षेत्रका व्यक्तिहरुको ठूलो उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीका सल्लाहकार मोहम्मद शेहजाद अर्बाबले सरकारले गर्ने भनेको ३४ कामहरु मध्ये १८ काम सम्पन्न गरेको जानकारी दिए । उनले सरकारको काम प्रगतिपूर्ण नै रहेको दावी गर्दै अरु १६ काम पनि सन्तोषजनक तरिकाले अगाडी बढेको बताए ।

यो अवधिमा सरकारले मुख्य गरेर सुशासन, आर्थिक वृद्धिका लागि सफल कार्यक्रम, संघीय प्रदेशको सशक्तिकरण, कृषि क्षेत्रको उथ्थान र पानीको स्रोतको सम्बद्र्धन, सामाजिक सेवामा परिवर्तन, तथा राष्ट्रिय सुरक्षा गरी छ ओटा क्षेत्रमा दह्रो आधार तयार गरेको सल्लाहकार अर्बाबले जानकारी दिए ।
गत अगस्त १८ मा प्रधानमन्त्रीका रुपमा इमरान खान निर्वाचित भएका हुन् । उनले त्यति बेला नै सय दिने योजना र कार्यक्रमहरु सार्वजनिक गरेका थिए । उनी आगामी पाँच बर्षका लागि प्रधानमन्त्री बनेका हुन् ।

प्रकाशित : 30 November, 2018

प्रतिक्रिया दिनुहोस्