राष्ट्रपति भण्डारी र म्यानमारकी नेतृ सुकीबीच भेटवार्ता

काठमाण्डौं । मंसिर–१४, राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारी र एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीबीच शीतलनिवासमा शुक्रबार बिहान भेटवार्ता भएको हो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सु की बिहीबार बिहान काठमाण्डौँ आइपुगेकी थिइन् ।